प्रहरीको सक्रियता : कुशेमा काठेपुल निर्माण, स्थानीय हर्षित

No description available.
जाजरकोट । कुशे गाउँपालिका ९ को पैंक खोलामा प्रहरीको सक्रियतामा काठेपुल निर्माण गरिएको छ ।
प्रहरी चौकी पैंक र स्थानीयको समन्वयमा वडा नं ८ को विजुलीडाँडा र ९ को पैंक जोड्ने स्थानीय खोलामा काठेपुल निर्माण गरिएको हो ।

पुल नहुँदा बर्खाको समयमा स्थानीयहरुलाई वारपार गर्न निकै समस्या हुने गरेको थियो । स्थानीयको आवश्यकता महसुस गरी प्रहरी चौकी पैंकमा कार्यरत प्रहरी सहायक निरीक्षक गंगबहादुर चन्दको पहलमा पुल निर्माण गरिएको हो ।
बर्खाको समयमा स्थानीयलाई आवतजावतमा निकै सजिलो हुने विश्वास लिईएको छ । खोलामा काठेपुल बनेपछि स्थानीय निकै खुशी भएका छन् ।

No description available.

तपाईको प्रतिक्रिया