जिसस मुगुको प्रमुख र उपप्रमुखमा कांग्रेस निर्विरोध


मुगु । जिल्ला समन्वय समिति मुगुको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । प्रमुख पदमा कांग्रेसका मञ्जनबहादुर कार्की र उपप्रमुखमा नैली कार्की निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै सदस्य पदमा कांग्रेसकै, झमुरा रावल, पञ्चकला नेपाली, सुन्तला मल्ल, सोनाम लामा, धुर्व विक निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै, सदस्यमा नेकपा माओवादी केन्द्रबाट कर्णप्रसाद माठागाई र नेकपा एकीकृत समाजवादीबाट दानबहादुर रावल निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचान अधिकृत पुण्यप्रसाद सापकोटाले बताए ।

मुगुको जिससका लागि कांग्रेस, माओवादी र एकीकृत समाजवादीले गठबन्धन गरी उम्मेदवारी दिएका थिए । तीन दलीय गठबन्धन जोगाउन कांग्रेसको भागमा प्रमुख, उपप्रमुखसहित ५ जना सदस्य र माओवादी र समाजवादीलाई १÷१ सदस्य परेको थियो ।

तपाईको प्रतिक्रिया