शिवालयमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर

No description available.
जाजरकोट । जिल्लाको शिवालय गाउँपालिकामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन भएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटको आयोजनामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर चलेको हो ।

No description available.

शिविरमा गाउँपालिका भित्रका महिला १ सय ११ र पुरुष १ सय ३४ जनाको स्वास्थ्य परीक्षण गरिएको आयूर्वेद स्वास्थ्य केन्द्र जाजरकोटका कार्यालय प्रमुख नरेन्द्र कठायतले जानकारी दिए । शिविरमा निःशुल्क स्वास्थ्य परिक्षण, योग अभ्यास र औषधी बितरण गरिएको कठायतले बताए ।

निशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मानव स्वास्थ्यमा लाग्ने विभिन्न किसिमका रोग व्यवस्थापनमा आयुर्वेद चिकित्सा पद्दतिको महत्वपूर्ण भूमिका रहेको बताए ।

No description available.

प्राकृतिक रुपमा पाइने जडिबुटीको सदुपयोग गरि औषधी उपचार एवं स्थानीय स्तरमा पाइने जडिबुटीको औषधी उत्पादनमा समेत सदुपयोग गरि आर्थिक लाभ लिन सकिने भनाई राखे । साथै आयूर्वेद स्वास्थ्य केन्द्रको सेवा सुदृढीकरण र भवन गाउँपालिकाको केन्द्र नजिकै बनाउन पहल गर्ने बताए ।

आयूर्वेद स्वास्थ्य केन्द्र जाजरकोटमा कार्यरत डाक्टर धनवीर बुढाका अनुसार शिविरमा अल्सर, सुगर, हाडजोर्नी तथा नसा, छाला रोग, स्त्रीरोग, वाथ, खाना नपच्ने, खोकी लाग्ने र स्वासप्रश्वास सम्बन्धि रोगको औषधी वितरण गरिएको छ । गाउँपालिकामा केन्द्रमै उपचार गर्न पाउँदा स्थानीय निकै खुशी भएका छन् ।

No description available.

शिविरमा कर्णाली प्रदेशका विशेषज्ञ डाक्टरहरुले उपचार, चेकजाँच र औषधी वितरण गरेका थिए । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य माहाशाखा प्रमुख एम.डी डा. लक्ष्मी नारायण तिवारी, आयूर्वेद चिकित्सक डा. दिपेन्द्र रानाभाट, डा. विनिता तिवारी आयूर्वेद चिकित्सक प्रदेश आयूर्वेद औषधालय सुर्खेत र पुष्पा आचार्य स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत बाट उपस्थिति रहेको थियो ।

No description available.

No description available.

 

तपाईको प्रतिक्रिया