मुख्यमन्त्री कप भलिवल प्रतियोगिताका लागि जाजरकोटमा खेलाडी छनौट प्रक्रिया सुरु

No description available.
जाजरकोट । मुख्यमन्त्री कप भलिवल प्रतियोगिताका लागि जाजरकोट बाट खेलाडी छनौट प्रक्रिया सुरु गरिएको छ । आगामी जेष्ठ २८,२९ ३० गते सम्म सुर्खेतमा महिला र असार २ देखि ४ गते सम्म कालिकोटमा हुने मुख्यमन्त्री कप भलिवल प्रतियोगिताका लागि खेलाडी छनौट प्रक्रिया सुरु गरिएको हो ।

No description available.

जिल्ला खेलकुद विकास समितिको आयोजनामा जिल्ला बाट सहभागी हुने खेलाडीहरुलाई छनौट गर्ने खेलकुद विकास समिति जाजरकोटका अध्यक्ष नरबहादुर बस्नेतले जानकारी दिए । भेरी नगरपालिका ३ थाप्लेमा खेलाडी छनौट कार्यक्रम उद्धघाटन गरिएको छ । खेलकुद समितिका अध्यक्ष नरबहादुर बस्नेत र सदस्य निराजन विक्रम शाहीले उद्धघाटन गरेका छन् ।

No description available.

तपाईको प्रतिक्रिया