
प्रेम विश्वकर्मा
जाजरकोट । २०७८ साल चैत्र १६ गते जाजरकोट जिल्लाको प्रहरी प्रमुखको रुपमा प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले पद बहाली गरेका थिए । शान्ति सुरक्षा र सुशासन कायम गर्ने कुरालाई प्रमुख एजेन्डा बनाएर जिल्लामा आएको उनले केही समय पहिला जिल्ला स्थित पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा बताएका थिए ।
जिल्लामा रहे घटेका सवारी साधन चेकजाँच, लागु औषध दुव्र्यसन गाँजा अफिम खेती, वन्यजन्तु चोरी सिकारी लगायतका विभिन्न घटना र सवालमा आफ्नो टीम अहोरात्र खटेको उनले बताएका छन् ।
जाजरकोटमा वर्षेनि घटिरहने सवारी दुर्घटनालाई आफूले नजिकैबाट नियालेको उनले बताएका छन् । सवारी दुर्घटना रोक्न आफुले विभिन्न प्रयासहरु चाले पनि नियन्त्रण गर्नको लागि पर्याप्त नभएको होकी भन्ने महसुस गरेको उनको भनाई छ ।
हाम्रो पहुँच डटकमसँग कुराकानी गर्दै जाजरकोटमा पूर्णरुपमा सवारी दुर्घटना रोक्न जाजरकोट खलंगादेखि शिवालय गा. पाको छेडाबजार सम्म सवारी साधनहरुको लागि टाइम कार्ड विधि लागु गर्ने डिएसपी निरौलाले बताएका छन् । टाइम कार्ड लागु गरेपछि त्यस क्षेत्रमा हुने सवारी दुर्घटना न्यूनीकरण हुने अपेक्षा बोकेको उनकोे भनाई छ ।
अबको केही दिनमै यो काम लागु गर्न जिल्ला प्रहरी कार्यालय तयारी अवस्थामा रहेको डिएसपी निरौलाले बताएका छन् । सवारी दुर्घटना रोक्न विभिन्न ठाँउमा ब्रेथलाइजरको व्यवस्था गरेको र आवश्यक परेका चेक पोष्टमा थप्ने पनि बताएका छन् । त्यस्तै जिल्लामा प्राय हुने आत्महत्या रोक्न, साइबर क्राइमको घटना रोक्न र लागु औषध दुव्र्यसन सम्बन्धि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने मुख्य एजेण्डाको रुपमा लिएको डिएसपी निरौलाले बताएका छन् ।
















































। १७ जेष्ठ २०७९, मंगलवार