अवैध घरेलु मदिरा नष्ट

May be an image of 10 people, people standing and outdoors
खलंगा । जाजरकोटमा प्रहरीले अवैध घरेलु मदिरा नष्ट गरेको छ । जिल्लाको नलगाड र भेरी नगरपालिकामा विभिन्न स्थान बाट अवैध घरेलु मदिरा नष्ट गरेको हो ।

नलगाड नगरपालिकाको वडा नं ७ पामखेत बगारा र भेरी नगरपालिका वडा नं ३ स्यालामा रहेको २० लिटर तयारी मदिरा, २०० लिटर मदिरा बनाउने कच्चा पदार्थ प्लाष्टिक ड्रम ४ थान र रक्सी पार्ने भाडा एक थान बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

तपाईको प्रतिक्रिया