उद्योग मन्त्रालयलाई १० अर्ब ४८ करोड

सरकारले आगामी आर्थिक वर्षमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षका लागि उद्योग मन्त्रालयका लागि उक्त बजेट छुट्याइएको जानकारी दिए ।
उद्योग प्रबर्द्धन गर्दै निर्यात प्रोत्साहन र आयात प्रतिस्थापनमा जोड दिने र औद्योगिक पूर्वाधार निर्माणमा केन्द्रीत हुने अर्थमन्त्री शर्माले जनाएका छन् । सोहीकारण, यस क्षेत्रमा साढे १० अर्ब बजेट विनियोजन गरिएको उनले बताए ।

तपाईको प्रतिक्रिया