मेरो स्मृतिमा कामरेड रत्न !

गोपालबहादुर नेपाली


पार्टी निर्माणमा अहोरात्र रुपमा लाग्ने नेकपा एमाले जाजरकोटका संस्थापक नेता कामरेड रत्नप्रसाद शर्मा न्यौपाने दिवांगत भएको आज १ बर्ष पुगेको छ । जब जब पार्टीमा संकटपर्छ त्यतिबेला क.रत्नले पार्टीलाई सही दिशा तिर लिनको लागि महत्वपूर्ण भुमिका खेलेको पाइन्छ ।

२०४७ सालमा नेपाली काँग्रेसको दबदबालाई अन्त्य गर्न र जाजरकोटी सोझा साझा जनताको हितको लागि काम गर्ने पार्टी कम्युनिष्ट पार्टीले नै हो भन्ने ठम्म्याई शिक्षक पेशालाई तिलाञ्जली दिएर नेकपा एमालेको सक्रिय राजनीतिमा आएका क. रत्न पटक पटक पार्टीको नेतृत्वमा आएर नेकपा एमालेलाई जाजरकोटी जनताको प्यारो पार्टीको स्थापित गर्नु भएको थियो ।
जनताकै रोजाईमा २०५६ मा प्रतिनिधि सभाको सांसद हुनु भएको थियो । जनताको घरमा जे पाक्छ । त्यही खाएर जनताको सेवकको रुपमा आफुलाई चिनाउन सफल हुनुभएका उहाँ पार्टी भित्र र बाहिरबाट आएका विभिन्न चुनौतीहरुलाई सामना गर्दै राजनीतिक जीवन अगाडि बढाउनु भएको थियो । कामरेड रत्न जनताको प्यारो मा होइन्, पार्टीका आम नेता कार्यकर्ताका पनि त्यतिकै प्यारो हुनुहुन्थ्यो ।

मैले उहाँको सबैभन्दा राम्रो पक्ष भनेको नेता कार्यकर्ता र जनतालाई सधै हौसल्ला र भरोसा दिने हो ।कामरेड रत्न मुलुकमा जनताको सेवा गर्ने ठाउँमा जनता र कार्यकर्ताले नै हो पुर्याउने । त्यसैले नेता भन्दा पनि कार्यकर्ता र जनतालाई संरक्षण गर्नु पर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो ।

निमुखा , गरिव तथा सर्वसाधारण जनतालाई संगठित बनाएर समाजमा हुने अन्याय अत्याचारको विरुद्ध आन्दोलनमा सरिक गराउने उहाँको मुख्य बिषेशता हो । विशेष गरी बलियो संगठन नै आन्दोलनको मुख्य शक्ति हो भन्ने सिद्धान्त उहाँमा थियो । उहाँलाई नेकपा एमालेको कुशल संगठकको रुपमा लिन सकिन्छ ।

जीवन र मरणको दोसाधमा हुदाँ पनि पार्टीको खण्डिकृत कार्यकर्तालाई एकता बद्द बनाउदै, जाजरकोटका कुशे लगायत विभिन्न भागमा संगठन गठन ÷ पुनः गठन गर्दै हुन्नुभयो । उहाँको अगाडि नेता कार्यकर्ताहरु जतिसुकै रिसाएपनि पनि उनीहरुलाई सम्झाउने र सान्त्वना दिने ल्यागत अरु कुनै नेताको देखिदैन थियो ।

त्यसैले नेकपा एमालेको एउटा कुशल संगठकको रुपमा चिनिने गरिन्छ । मेरो सम्झनामा क. रत्न त अहिलेपनि जीवित हुनुहुन्छ जस्तो लागिरहेको छ । उहाँ दिवांगत हुनु भन्दा १ महिना अगाडि दक्षिणपंन्थी अबसरवादीहरुले हाम्रो संगठनलाई फुटाएर धरासयी पारिरहेको बेला, मेरै पालिकाको संयोजनको जिम्मेवारी पाएर कुशेका कुना कुन्दरामा गएर संगठन गठन ÷पुनः गठन गरेको मेरो आँखा अगाडि नै खेलिरहेको छ ।

जनता र कार्यकर्तालाई पार्टी प्रती बफादार हुनुपर्छ भन्दै सबैलाई एकताबद्द बनाउनु हाम्रा लागि सधै स्मरणीय क्षण रह्यो । तर पार्टीले भने यस्तो खट्ने नेतालाई उचित जिम्मेवारी दिएन् ।

कामरेड रत्नको अन्तिम इच्चा भनेको प्रतिनिधि सभाको सांसद र नेकपा एमालेको पार्टी केन्द्रीय सदस्य हुने थियो । पार्टीमा ती दुबै चिज पार्टीका भरौटे नेता कार्यकर्ताले हुन दिएनन् । पछुतोको बिषय भने त्यही चिज उहाँका लागि रह्यो ।
उहाँ यो संसारमा रहने दिन थोरै रहेछन् । एमालेको जनवर्गीय संगठन अखिल नेपाल किसान महासंघको केन्द्रीय उपाध्यक्षको जिम्मेवारी पाउनुभयो सहायद अन्तिम जिम्मेवारी त्यहि रह्यो । मलाई लाग्छ अब यस्तो कुशल संगठक, जनताको प्यारो नेता जाजरकोटले पाउने आशा कमै छ ।

कामरेड रत्नको जुन खालको पार्टी, संगठन , नेता , कार्यकर्ता र जनता प्रतिको माया मोह र त्याग गर्न सक्ने ल्यागत राख्नुपर्छ भन्ने सिकाईलाई मुर्त रुप दिनुपर्छ ।

तपाईको त्यो सपना पूरा गर्न हामी कटिबद्ध भई लाग्नेछौ । तपाईको बिचार र व्यवहारलाई हामी सधै पछ्याइ रहनेछांै । हार्दिक श्रद्धाञ्जली कामरेड हार्दिक श्रद्धाञ्जली ।

लेखक: नेपाली नेकपा एमाले जाजरकोटका उप सचिव हुन् ।

तपाईको प्रतिक्रिया