सिम्ता गाउँपालिकाका अध्यक्षको सम्पत्ति: बैंकमा ८ हजार ३६२ रुपैयाँ !


सुर्खेत । सिम्ता गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष ऐन बहादुर चन्दले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।पदभार ग्रहण गर्दै गर्दा निष्ठाको राजनीति गर्ने भन्दै उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

सम्पत्तिको नाममा उनको साङ्ग्रिला बैंकमा ८ हजार ३ सय ६२ र १२५ सीसीको होन्डा साईन बाइक रहेको उल्लेख गरेका छन् ।

यस्तै बुबाको नाममा ४ कोठाको कच्ची घर रहेको पनि उनले विवरणमा उल्लेख गरेका छन् । सुर्खेतका स्थानीय तहमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने उनी पहिलो जनप्रतिनिधि हुन् ।

तपाईको प्रतिक्रिया