मामा घर जाने क्रममा ढुंगा लागेर एक बालकको मृत्यु

File Photo

जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिका –०९ सक्लामा ढुंगा लागेर एक बालकको मृत्यु भएको छ ।

मामा घर वडा नं ०७ सुवाकोट जाने क्रममा राजु विकका २ बर्षिय छोरा रोहित विकको घटनास्थलमै मृत्यु भएको स्थानीय धनजित महरले जानकारी दिए ।

महरका अनुसार, मामा घर जाने क्रममा  शनिवार दिउँसो करिव २ बजेतिर वडा नं ७ को रोपाछरा स्थित भीरमा बाख्राले खसालेको ढुंगा लागेर वालकको मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया