मुसिकोटको प्रमुखमा काँग्रेसका महेन्द्र र उपप्रमुखमा समाजवादीका विमल विजयी

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेन्द्र केसी र उपप्रमुखमा नेकपा (एकिकृत समाजवादी) का विमल कुमार पुन विजयी हुनुभएको छ ।

केसीले केसीले ६ हजार ९१४ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँका निकतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका वसन्तकुमार शर्माले शर्माले ६ हजार ९०१ मत पाउनुभएको छ । १३ मतको फरकले केसीले नगरप्रमुख पदमा विजय हाँसिल गर्नुभएको हो ।

उपप्रमुखमा विजयी नेकपा (एकीकृत समाजवादी)का विमलकुमार पुनले ६ हजार १४० मत प्राप्त गर्नुभएको छ । पुनले नेकपा एमालेका थलविर ओलीलाई १ सय ५५ मतले पराजित गर्नुभएको हो । उहाँका निकतम प्रतिद्वन्द्वी ओलीले पाँच हजार ९८५ मत पाउनुभएको छ ।

मुसीकोटमा नेपाली कांग्रेस र एमालेले गठबन्धन गरेका थिए भने माओवादी केन्द्र, नेकपा (एकिकृत समाजवादी) र जनता समाजवादीले गठबन्धन गरेका थिए ।

तपाईको प्रतिक्रिया