नलगाडको मेयरमा माओवादी र उप मेयरमा काँग्रेस विजयी


जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका डम्बरबहादुर रावत निर्वाचित भएका छन् । रावतका प्रतिस्पर्धी नेकपा एमालेका धर्मबहादुर शाहीलाई १ हजार ९ सय ७३ मतले पराजित गर्दै निर्वाचित भएका हुन् ।

नेकपा माओवादी केन्द्रका रावतले ५ हजार ५ सय ९९ मत प्राप्त गरेका थिए । नेकपा एमालेका धर्मबहादुर शाहीले ३ हजार ६ सय २६ मत प्राप्त गरे ।

यस्तै उप प्रमुखमा नेपाली काँग्रेसकी सुरिता सिंहले ५ हजार ४ सय ६ मत प्राप्त गरी विजयी भएकी छन् । उनले प्रतिस्पर्धी नेकपा एमालेकी सुनिता बोहरालाई २ हजार १३ मतले पछि पार्दै विजयी भएकी हुन् ।

नेकपा एमालेकी बोहराले ३ हजार ३ सय ९३ मत प्राप्त गरेकी छन् । नलगाड नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले चुनावी तालमेल गरेका थिए ।

तपाईको प्रतिक्रिया