कुशे –५ मा स्वतन्त्र उम्मेदवार हरिबहादुर सिंह विजयी

जाजरकाेट । जिल्लाको कुशे गाउँपालिका ५ मा वडाध्यक्षका स्वतन्त्र उम्मेदवार हरिबहादुर सिंह विजयी भएका छन् ।

उनले ४३५ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवारले ३४९ मत प्राप्त गरेका थिए ।

 यस्तै नेपाली काँग्रेसका उम्मेदवारले १४१ मत प्राप्त गरेका थिए भने नेकपा एमालेका उम्मेदवारले २९३ मत प्राप्त गरेका थिए ।

तपाईको प्रतिक्रिया