
दैलेख । दैलेखको एक पालिकाको वडाध्यक्षमा भान्जाले मामालाई पराजित गरेका छन् । गुराँस गाउँपालिका वडा नं.८ को वडाध्यक्षमा मामालाई हराउँदै भान्जा निर्वाचित भएका हुन् । नेकपा एमालेबाट (भान्जा) दीपेन्द्र ओलीले नेपाली काँग्रेसबाट उम्मेदवार (मामा) भक्तबहादुर केसीलाई २३ मतले पराजित गरेका हुन् ।
ओलीले ५८२ मत प्राप्त गरेका छन् भने केसीले ५५९ मत प्राप्त गरेका छन् । ओली झण्डै १२ वर्षअघिदेखि सुर्खेतमा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय थिए । उनी जागरण एफएमको स्टेसन म्यानेजर हुँदै पूर्व प्रदेश प्रमुख गोविन्द कलौनीको प्रेस सल्लाहकार समेत भइसकेका व्यक्ति हुन् ।
पूर्व पत्रकार ओलीले अहिले पनि खबर बजार नामक अनलाइन पत्रिका सञ्चालन गरिरहेका छन् ।
















































। २ जेष्ठ २०७९, सोमबार