
जाजरकोट । स्थानीय तह निर्वाचनमा जाजरकोटको शिवालय गाउँपालिकामा एमालेले खाता खोलेको छ ।
शिवालय गाउँपालिकामा २ को वडा अध्यक्षमा नेकपा एमालेका कर्ण बहादुर वली निर्वाचित भएपछि एमाले खाता खोल्न सफल भएको हो । उनका प्रतिद्वन्दी नेकपा माओवादीका पेर बहादुर बुढालार्ई २९ मतले पछि पार्दै वलि वडा अध्यक्ष पदमा विजयी भएका हुन् ।
२ नम्वर वडाको प्राप्त मत गणना अनुुसार ४१६ मत ल्याएर वली वडा अध्यक्ष पदमा निर्वाचित बनेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गतबन्धन माओवादीका बुढाले ३८७ मत ल्याउनु भएको थियो ।
















































। १ जेष्ठ २०७९, आईतवार