
जाजरकोट । जिल्लाको भेरी नगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । ५ हजार ३ सय ४ मत गणना गर्दा १ हजार ७ सय ७३ मत प्राप्त गरी नेकपा एमाले बाट नगर प्रमुखका उम्मेदवार चन्दप्रकाश घर्ती अग्र स्थानमा छन् । उनलाई गठबन्धन ( माओवादी केन्द्र) बाट नगर प्रमुखका उम्मेदवार गगनबहादुर खड्काले पछ्याईरहेका छन् ।
एकीकृत समाजवादीका उम्मेदवार कमानबहादुर खड्काले समेत गठबन्धनलाई हराईरहेका छन् । उनले १ हजार ७ सय २५ मत प्राप्त गरेका छन् । यस्तै, उप प्रमुखमा गठबन्धन ( काँग्रेस) सिता गौतमले २१०५ मत प्राप्त गरेकी छन् भने एमालेकी उपप्रमुख पदकी उम्मेदवार सावित्री चन्दले २०६९ मत ल्याएर पछ्याईरहेकी छन् ।
















































। १ जेष्ठ २०७९, आईतवार