
जाजरकोट । ७७ वटा वडाहरु रहेको यस जाजरकोट जिल्लाभित्रका १९ वटा वडाहरुको वडाध्यक्षहरुको नाम सार्वजानिक गरिएको छ । अन्य वडाहरुको मत गणना कार्य जारी नै रहेको छ । अहिले सम्मको विवरण अनुसार बारेकोट गाउँपालिकाको वडा नं ९ मा नेकपा एमाले बाट वडाध्यक्षका उम्मेदवार दानबहादुर शाही सहितको प्यानल विजयी भएको छ । यस्तै वडा नं ८ मा नेपाली काँग्रेसबाटका उम्मेदवार योगेन्द्र सिंह (जलन) र अन्य चार जना एमालेकाबाट उम्मेदवार वडा सदस्यहरु विजयी भएका छन् ।
यस्तै, भेरी नगरपालिका १ मा नेकपा माओवादी केन्द्रवाट वडाध्यक्षका उम्मेदवार दिपक राना सहितको प्यानल विजयी भएको छ । वडा नं. १३ मा नेपाली कांग्रेसबाट उम्मेदवार यज्ञ बटाला विजयी भएका छन् ।
यस्तै, नलगाड नगरपालिका १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार धर्मेन्द्र महर लगायतको प्यानल विजयी भएको छ । वडा नं. २ मा नेपाली कांग्रेसका उम्मेदवार पूर्ण बहादुर खत्री विजयी भएका छन् भने वडा नं. १३ मा माओवादी केन्द्रका उम्मेदवार सेते गिरी विजयी भएका छन् ।
यस्तै, छेडागाड नगरपालिका १ मा नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार रामबहादुर बुढा विजयी भएका छन् भने वडा नं. १३ मा गठबन्धनका उम्मेदवार मोतीलाल खत्री सहितको प्यानल सहित विजयी भएका छन् ।
कुशे गाउँपालिका वडा नं १ मा नेपाली कांग्रेसका वडाध्यक्ष्यका उम्मेदवार नरबहादुर सिंह नेपाली काँग्रेस प्यानल सहित विजयी भएका छन् । त्यस्तै वडा नं. ९ मा पनि नेपाली कांग्रेसकै उम्मेदवार शिवराज गिरी विजयी भएका छन् ।
शिवालय गाउँपालिका वडा नं. १ मा माओवादी केन्द्रकबाट वडाध्यक्षका उम्मेदवार नरबहादुर राना विजयी भएका छन । वडा नं. २ मा नेकपा एमालेका उम्मेदवार कर्ण बहादुर ओली विजयी विजयी भएका छन्, भने वडा नं. ९ मा माओवादी केन्द्रका उम्मेदवार दिपक खड्का विजयी भएका छन् ।
जुनिचाँदे गाउँपालिका वडा नं. ५ मा नेकपा एमालेका उम्मेदवार जय बहादुर वस्नेत विजयी भएका छन् । वडा नं. ७ मा माओवादी केन्द्रका उम्मेदवार निशान घर्ती विजयी भएका छन् । त्यस्तै, वडा नं ८ मा माओवादी केन्द्र उम्मेदवार लोक बहादुर थापाले र वडा नं. १०मा नेपाली कांग्रेसका उम्मेदवार उदय बहादुर रोकाय विजयी भएका छन् ।
















































। १ जेष्ठ २०७९, आईतवार