निर्वाचन अवधिभर जाजरकोटमा मादक पदार्थ विक्री वितरणमा निषेध

जाजरकोट । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्लाभर मादक पदार्थ पूर्णरूपमा विक्री वितरण निषेध गर्न अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय जाजरकाेटले एक सूचना जारी गर्दै वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनलाई मर्यादित बनाउन मादक पदार्थ पूर्ण रूपमा निषेध गर्न अनुरोध गरेको हो ।

प्रशासनले स्थानीय निर्वाचनको मौन अवधि शुरु हुने वैशाख २७ गते मंगलबार राति १२ बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्मको लागि यस जिल्लाभित्रका सम्पूर्ण भागमा मादक पदार्थको विक्री वितरण र सेवन कार्यलाई निषेध गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जानकारी दिए ।

मादक पदार्थको सेवन तथा विक्री वितरण गर्ने कार्यले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने सन्दर्भमा उवरोध सिर्जना गर्न सक्ने हुँदा स्थानीय तह सदस्य निर्वाचन निर्देशिका, २०७३ को दफा ७१ मा भएको व्यवस्था अनुसार प्रशासनले अनुरोध गरेको हो ।

साथै वैशाख २७ सम्म प्रशासनले वैशाख २३ मा प्रकाशित सूचना निरन्तर रहेको व्यहोरा समेत अनुरोध छ भने यस सूचना विपरित गतिविधि कोही कसैबाट भएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

No photo description available.

तपाईको प्रतिक्रिया