
जाजरकोट । २ सय ५० लिटर अवैध घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ । जिल्लाको नलगाड नगरपालिका वडा नं ११ चौखा बजार र वडा नं २२ तल्लु बजारमा अवैध रुपमा राखिएको २ सय ५० लिटर मदिरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय रग्दा बाट प्रहरी सहायक निरीक्षक शुक्रराज डाँगीको कमाण्डमा म्यादि प्रहरी सहित खटिएको २९ जनाको टोलीले उक्त मदिरा बरामद गरी नष्ट गरिएको छ ।
मदिरा बनाउने कच्चा पदार्थ अन्दाजी १ हजार १ सय लिटर र मदिरा बनाउन प्रयोग हुने भाँडा ९ वटा सरोकारवालाहरुको रोहवरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।
















































। २२ बैशाख २०७९, बिहीबार