कुशेमा कार्यकर्तावीच झडप, प्रहरीद्धारा हवाईफायर

file photo

कुशे । जिल्लाको कुशे गाउँपालिका ९ जुर्गेमा नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरु वीचमा झडप हुदाँ प्रहरीले हवाईफाइर गरेको छ । माओवादी र समाजवादीका १०० भन्दा बढी कार्यकता र काँग्रेसका ७० बढी कार्यकर्ताहरु वीचमा बुधबार अन्दाजी २ बजे झडप भएको हो ।

चुनावी प्रचार प्रसारका क्रममा झडप भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । झडपलाई कम गर्न खोज्दा प्रहरी माथि नै ढुंगा मुडा गर्दा प्रहरीले ३०३ फाइफल बाट १ राण्ड हवाई फायर समेत गरेको थियो । झडपमा गरी काँग्रेस कुशे ९ का २६ बर्षिय सन्देश तिरुवा घाइते भएको प्रशासनको भनाई रहेको छ ।

स्थिति समान्य बनाउन सुरक्षाकर्मी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया