अध्यक्षको निर्देशनमा उपमेयरको उम्मेदवारी खोसियो


सल्यान । नेकपा एमालेका प्रदेश अध्यक्ष विनोदकुमार शाहको निर्देशनपछि सल्यानको वनगाड कुपिण्डे नगरपालिकामा उपमेयर पदमा उम्मेदवारी दिएकी चम्फा पुरीको उम्मेदवारी खोसिएको छ । पुरीलाई कुनै जानकारी नै नदिई शुक्रबार उनको उम्मेदवारी खोसिएको हो ।

उनले शाहको निर्देशनको निन्दा समेत गरेकी छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै उनले भनेकी छन्, ‘१२ गते मेरो उम्मेदवारी दर्ता भई, छानबिन समेतको प्रक्रिया भइसकेका सन्दर्भमा मेरो सहमतिबिनै विनोद शाहको निर्देशनमा अलोकतान्त्रिक स्वेच्छाचारी र अराजनीतिक तरिकाले मेरो उम्मेदवारी मेयर पदका उम्मेदवार गोविन्दकुमार पुनद्वारा फिर्ता लिइएको छ ।’

उनले उक्त कदमप्रति आफ्नो गम्भीर असहमति रहेको जनाएकी छन् । यतिमात्र होइन पुरीले सहमति बेगर उम्मेदवारी फिर्ता गर्नेलाई कारबाही गर्न माग समेत गरेकी छन् ।

तपाईको प्रतिक्रिया