
जाजरकोट । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जाजरकोटको कुशे गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) वीच चुनावी तालमेल हुने भएको छ । आज बसेको संयूक्त वैठकले नेपाली काँग्रेस सँग गठबन्धन गर्न नसकिने भन्दै दुई दलले चुनावी गठबन्धन गरेका हुन् ।
गठबन्धनले नेकपा ( एकीकृत समाजवादी) ले अध्यक्ष र नेकपा माओवादी केन्द्रले उपाध्यक्ष पाउने निर्णय गरिएको एक नेताले बताए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको थियो । अवको केही समयपछि आधिकारिक लिखित निर्णय समेत सार्वजनिक हुने बताईएको छ ।
















































। १६ बैशाख २०७९, शुक्रबार