
जाजरकोट । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) जाजरकोटका अध्यक्ष नारायण खत्रीले आफू पार्टीको प्रचारमा गएको प्रमाणित गर्न चुनौती दिएका छन् ।
सोमबार एक विज्ञप्ती जारी गर्दै खत्रीले केही मिडियाले भ्रामकपुर्ण समाचार सम्प्रेषण गरेको भन्दै आपत्ती जनाएका हुन् । बधाई तथा शुभकामना कार्यक्रममा सहभागी भएको तस्वीरलाई प्रयोग गरी प्रकाशित समाचार प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको र राजनैतिक लेप लगाई अतिरञ्जित भ्रमको खेती गरि पार्टीको चुनावी प्रचारमा हिडेको भन्ने समाचारहरु प्रति हाम्रो नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती), जाजरकोट घोर भत्सना गर्दछ विज्ञप्तीमा भनिएको छ ।
त्यसैगरि आफु पार्टीको प्रचार प्रसारमा हिडेको र प्रचार प्रसार गरि राजनीतिमा लागेको कुनै प्रमाण फेला परे जस्तोसुकै कारवाहीको लागि तयार रहेको र सम्पुर्ण राष्ट्रसेवक कर्मचारीहरुमा कर्मचारीहरुका आचरणहरु प्रति प्रतिबद्ध रहि निर्वाचन आचार संहितामा केन्द्रित रहेर कार्यसम्पादन गर्न हार्दिक अपिल समेत विज्ञप्ती मार्फत गरिएको छ ।

















































। ७ बैशाख २०७९, बुधबार