
रुकुम पश्चिम । नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाका ६ वटै पालिकाका उम्मेदवार सिफारिस गरेको छ ।
सबै पदमा एक एक जना सिफारिस गरिएको गरिएको हो । मुसीकोट नगरपालिकाको प्रमुखमा वसन्तकुमार शर्मा उपप्रमुखमा मिलन खड्का, चौरजहारी नगरपालिका प्रमुखमा पुष्प वादी, उपप्रमुखमा ईश्वरीकुमारी शर्मा (विएम), आठबीसकोट नगरप्रमुख रवि केसी, उपप्रमुखमा धनकुमारी शाही सिफारिसमा परेका छन् ।
बाँफिकोट गाउँपालिकाको अध्यक्षमा चन्द्रबहादुर केसी उपाध्यक्षमा तारा बुढा केसी, सानीभेरी गाउँपालिकाको अध्यक्षमा विर्खबहादुर विष्ट, उपाध्यक्षमा कमला रोका, त्रिवेणी गाउँपालिका अध्यक्षमा गणेशकुमार केसी र उपाध्यक्षमा राजकुमारी रेउलेलाई सिफारिस गरिएको माओवादी केन्द्रले जनाएको छ ।
पार्टीले जिल्ला समन्वय समितिको प्रमुखमा महिलालाई उम्मेदवार बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख ध्रुवविक्रम बुढाथोकीले जानकारी दिए ।
















































। ५ बैशाख २०७९, सोमबार