फरार प्रतिवादी पक्राउ

May be an image of 2 people, people standing and outdoors
जाजरकोट । डिभिजन वन कार्यालय जाजरकोटमा जङ्गली जनावरको मासु (वन्यजन्तु सम्बन्धी) मुद्दा दर्ता भई हाल सम्म फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको नलगाड नगरपालिका ०१ अनापानीका २३ बर्षिय रामबहादुर चनारालाई प्रहरीले पक्राउ गरेको हो ।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय खटिएको टोलीले चनारालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

नगरपालिकाको वडा नं.०५ कालिमाटी स्थित सडक बाटोमा फेला पारी रितपूर्वक पक्राउ गरी यस कार्यालयमा दाखिला गरी आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय जाजरकोटमा पठाईएको छ ।

तपाईको प्रतिक्रिया