
जाजरकोट । कर्णाली प्रदेशका जलस्रोत तथा उर्जाविकास मन्त्री गणेशप्रसाद सिंहद्धारा नलगाड जलविद्युत कम्पनी लिमिटेडसँग (४१७ मेगावाट) आयोजनाको डिपिआर समयमै निर्माण गर्ने विषयमा छलफल भएको छ ।
३२ महिना भित्र निर्माण कार्य पुरा गर्ने लक्ष्य लिएको आयोजनाको काम झण्डै ८० महिना पुगिसक्दा पनि कन्टलटेन्टले प्रतिबेदन नबुझाउँदा मन्त्री सिंहले चासो लिएका हुन् । अबको तीन महिना डिपिआरको प्रतिबेदन बुझाउन कन्सलटेन्टलाइ निर्देशन दिइएको मन्त्री सिंहले बताए । डिपिआर निर्माणको लागि जिम्मेवारी लिएको स्मेक कम्पनीको म्याद थप सम्वन्धमा समेत छलफल भएको थियो ।
तीन महिना भित्र काम पुरा गर्ने र सन्टलटेन्टलाइ भुक्तानी गर्नुपर्ने रकम समेत समयमै भुक्तानी गर्ने विषयमा समेत छलफल भएको छ । स्मेक कन्सलटेन्टको नेतृत्वकर्ता राजेश डार्मिन नेतृत्वको टिम , कम्पनीका प्रमुख सुनिल पौडेलको सहभागीतामा उक्त छलफल भएको थियो ।
त्यस्तै, आयोजना प्रभावित क्षेत्रमा रहेका घर टहराको मुआव्जा हप्ता दिन भित्र स्थानीयबासीलाइ उपलव्ध गराउने विषयमा समेत छलफल भएको थियो । हप्ता दिन भित्र नलगाड जलविद्युत कम्पनी लिमिटेडले मन्त्री सिंहको निर्देशन अनुसार आफूहरु काममा जुटिसकेको कम्पनीका प्रमुख पौडेलले जानकारी दिए । त्यस्तै, ताक्सुगाड जलविद्युत आयोजना निर्माणका लागि डिपिआरको काम तीन महिना भित्र सक्न मन्त्री सिंहले निर्देशन दिए ।
७.१ मेगावाट क्षमताको ताक्सुगाड जलविद्युत आयोजना जाजरकोट नलगाड नगरपालिका भित्र नै पर्दछ । यो आयोजनालाइ प्रदेश सरकारलाइ हस्तान्तरण गर्ने विषयमा समेत छलफल भएको छ । यत्ता कर्णाली प्रदेश सरकारले जगदुल्ला हाइडोपावर कम्पनीलाइ शेर हाल्नका लागि मन्त्री परिषद्ले निर्णय गरेको छ ।
११ करोड ७१ लाख ५० हजार रुपैयाँ शेर हाल्ने निर्णय भएको जलस्रोत तथा उर्जाविकासमन्त्री गणेशप्रसाद सिंहले बताए । उक्त बजेट व्यवस्था जलस्रोत तथा उर्जा विकास मन्त्रालयले गर्ने निर्णय भएको उहाँका प्रमुख स्वकीय सचिव हेमन्त केसीले बताए ।
















































। २५ चैत्र २०७८, शुक्रबार