
जाजरकोट । कोरोना भाइरस विरुद्धको खोप हाल सम्म जिल्लामा एक लाख ५५ हजार आठ जनाले लगाएका छन् । २०७७ साल माघ १७ गते बाट शुरु गरिएको कोरोना भाइरस विरुद्धको खोप बुधबार दिउँसो सम्म एक लाख ५५ हजार नागरिकले लगाएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका खोप सुपरभाइजर शान्तबहादुर बुढाथोकीले जानकारी दिए ।
बुढाथोकीले दिएको जानकारी अनुसार जिल्लामा पहिलो मात्रा खोप लगाउनेको संख्या ५६.० प्रतिशत रहेको छ भने दोस्रो पूर्ण मात्रा खोप लगाउनेको संख्या ६९.६ प्रतिशत नागरिकले कोरोना खोप लगाएका छन् ।
बारेकोट गाउँपालिका भित्रका १६ हजार ३ सय ३४ जनाले कोरोना खोप लगाएका छन् । जसमध्ये ५३.२ प्रतिशत नागरिकले पहिलो मात्रा लगाएका छन् भने ६६.९ प्रतिशतले कोरोना विरुद्धको खोपको दोस्रो मात्रा लगाएका छन् । कुशे गाउँपालिकाका १८ हजार ४ सय ११ नागरिकले खोप लगाएको स्वास्थ्य सेवा कार्यालयको तथ्यांकमा छ ।
जसमा पहिलो मात्रा ४५.३ प्रतिशत र दोस्रो पूर्ण मात्रा ७२.० प्रतिशत नागरिकले लगाएका छन् । छेडागाड नगरपालिकाका ३१ हजार ५ सय ४६ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । ५२.१ प्रतिशत नागरिकले पहिलो मात्रा र ५६.३ प्रतिशतले दोस्रो पूर्ण खोप लगाएका छन् ।
जुनीचाँदे गाउँपालिकाका १९ हजार २ सय १५ नागरिकले कोरोना खोप लगाएका छन् । ४७.४ प्रतिशत नागरिकले पहिलो मात्राको खोप लगाएका छन् भने ४९.२ प्रतिशत नागरिकले दोस्रो पूर्ण खोप लगाएका छन् । शिवालय गाउँपालिकाका १३ हजार ८ सय ३२ जना नागरिकले हाल सम्म कोरोना खोप लगाएका छन् ।
जसमा पहिलो मात्रा ४५.४ प्रतिशत नागरिकले पहिलो मात्राको खोप लगाएका छन् भने ६४.१ प्रतिशतले दोस्रो पूर्ण खोप लगाएका छन् । भेरी नगरपालिकामा सबैभन्दा बढी नागरिक ३२ हजार ५ सय ६७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
जसमा पहिलो मात्रा ६७.८ प्रतिशत नागरिले लगाएका छन् भने दोस्रो मात्रा ९०.१ प्रतिशतले खोप पाएका छन् । यस्तै नलगाड नगरपालिकामा २३ हजार १ सय २ जना नागरिकले कोरोना खोप लगाएका छन् । जसमा ६९.० प्रतिशत नागरिकले पहिलो मात्रा र ७९.२ प्रतिशतले दोस्रो मात्राको खोप पाएका छन् ।
हाल सम्म लगाईएको खोपमा मात्रा कर्णाली प्रदेशका जिल्लाहरुको सन्तोषजनक भएपनि देशभरीको तुलनामा निकै निराशाजनक रहेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त कार्यालय प्रमुख नवराज कडेलले जानकारी दिए ।
‘खोपले मानिसलाई निकै सुरक्षित राख्छ, कोरोना माहामारी बाट बच्न खोप लगाउन जरुरी छ’ उनले भने, ‘जिल्लाभरी १२ बर्ष देखि उमेर समुहका नागरिकहरु कोरोना खोप लगाउन बाट बञ्चित हुनुभएको छ भने नजिकैको स्वास्थ्य चौकी वा स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा सम्पर्क गर्नुहोला ।’ खोप लगाउन छुटेका सबै नागरिकहरुलाई खोप लगाउन आग्रह गरिएको छ ।
















































। २५ चैत्र २०७८, शुक्रबार