चोरी र भन्सार छली ल्याएका मोटरसाईकलहरु कार्वाहीका लागि राजश्व अनुसन्धानमा पठाईयो

May be an image of motorcycle and outdoorsजाजरकोट । चोरी र भन्सार छली ल्याएका मोटरसाईकलहरु आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालयमा पठाईएको छ । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी चौकी बाट खटिएका प्रहरीको सक्रियतामा उक्त मोटरसाईकलहरु बरामद गरी कारवाहीका लागि पठाईएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

भे.९ प २०५३ नम्बरको २२० सि.सि.को रातो कालो रंगको पल्सर, लु ६५ प ६५५० नम्बरको १५० सि.सि.को रातो कालो रंगको पल्सर, भे.३ प ३५४० नम्बरको १५० सि.सि. को रातो कालो रंगको पल्सर, भे.७ प ८५०६ नम्बरको १५० सि.सि.को रातो कालो रंगको पल्सर बरामद गरी आवश्यक कारवाहीका लागि राजश्व कार्यालयमा पठाईएको छ ।

May be an image of motorcycle and outdoors

तपाईको प्रतिक्रिया