
पञ्चमी रेग्मी
जाजरकोट । नेकपा एमाले जाजरकोटले स्थानीय तहको चुनाव केन्द्रित विभिन्न गतिविधी बढाएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै पार्टीका विभिन्न गतिविधी बढाएको हो ।
जिल्लाका सात वटै पालिकामा केन्द्रिय, प्रदेश तथा जिल्ला स्तरका नेता कार्यकर्ताहरु परिचालन गरिने भएको छ । बुधबार बसेको पार्टीको जिल्ला कमिटीको सचिवालय बैठकले सबै नेता कार्यकर्तालाई विभिन्न पालिकामा परिचालन गर्ने निर्णय गरेको हो ।
पार्टीको केन्द्रिय सर्कुलर अनुसार केन्द्रिय सदस्यहरु जिल्लाभरी, प्रदेश कमिटी सदस्य विभिन्न पालिकामा र जिल्ला कमिटीका सदस्य तथा सम्बन्धित कमिटीका सदस्यलाई आफ्नो वडामा केन्द्रित भएर जिम्मेवारी निर्वाह गर्ने निर्णय भएको उपसचिव तथा प्रचार बिभाग प्रमुख नरबहादुर बस्नेत (एन.बि) ले जानकारी दिए ।
परमादेशी गठबन्धनका उम्मेदवारलाई हराउन सबै नेता कार्यकर्तालाई कुशलतापुर्बक जनता र देशको लागि एमाले लाई जिताउन मतदाताहरुलाई अपिल गर्न निर्देशन दिईएको उपसचिव बस्नेतले बताए ।
एमाले प्रतिको जनलहर बढिरहेकोले त्यस्लाई परिणाममा बदल्न आम मतदाताहरुमा अपिल गरिएको छ । पार्टी अध्यक्ष खीमबहादुर शाहीको अध्यक्षता, पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज भैरवसुन्दर श्रेष्ठ, केन्द्रिय सदस्य तथा जिल्ला सहइन्चार्ज डम्बर बहादुर सिङ र सिपी घर्ती लगायत प्रदेश कमिटी सदस्यहरुको उपस्थितिमा सचिवालय बैठक सम्पन्न भएको थियो ।
















































। २४ चैत्र २०७८, बिहीबार