भेरीमा डुवेका र आगलागीमा परेका स्थानीयको उद्धार

No description available.
जाजरकोट । भेरीमा डुवेका र आगलागीमा परेका स्थानीयको उद्धार गरिएको छ ।

घटना नं १ ( डेमो)
शनिवार दिउँसो करिव ३ बजेतिर भेरी नगरपालिका १० मटेला स्थित भेरी नदीमा बचाउँ, बचाउँ भन्दै नदीमा डुवेर बगेकाहरुको आवाज सुनिन्थ्यो । त्यसपछि केही स्थानीयहरुले प्रहरी कार्यालयमा खबर गर्छन् ।

प्रहरी कार्यालयमा खबर गर्ने वित्तिकै उनीहरुको उद्धार गर्नका लागि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी वल घटनास्थल जान्छन् । सबैभन्दा पहिले सुरक्षा टोली सहित उद्धारका सामग्रीहरु लिएर त्यहाँ पुग्छन् ।

No description available.

उनीहरुले नदीमा डुवेर वगेकाहरुले बचाउँ बचाउँ भन्दै गुहार गरिरहेको आवाज सुन्छन् र बगिरहेको दृश्य देख्छन् । हतार हतारमा डुङ्गा चढी उनीहरुको उद्धारका लागि नेपाली सेनाको टोली नदीमा पुग्छ । नदीमा बगिरहेकाहरुको उद्धार गरी डुङ्गामा चढाएर नदीबाट उनीहरुलाई निकालिन्छ । नदीमा डुवेकाहरु वेहोस हुन्छन् । उद्धारमा गएका टोलीहरु सँग मेडिकल टीम समेत हुन्छ ।

केही वेर प्राथमिक उपचार गरेपछि केहीको होस खुल्छ भने केही वेहोस नै हुन्छन् । उनीहरुलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पु¥याईन्छ । उद्धारमा गएको टोलीहरु त्यसपछि त्यहाँ बाट फर्किन्छ ।

घटना नं २ ( डेमो)
भेरी नगरपालिका १० मटेला स्थित भेरी नदी किनारामा १० वटा खरले छोएका घरहरु छन् । चिटिक्क मिलेर बनेको बस्तीका स्थानीयहरु आफ्नै तालमा काम गरिरहेका हुन्छन् । बालबालिकाहरु खेलिरहेका छन् ।

कोही घर भित्र बसेर खाना पकाईरहेका छन् । कोही सुतिरहेका छन् । गाउँमा नाम चलेका दुई जड्याहहरु पनि छन् । अर्काे गाउँबाट रक्सी खाएर गाउँ आउँछन् । एक जड्याको मुर्खता पनले गाउँको एक घरमा आगो लगाईदिन्छ । एक घरमा लगाएको आगो एकाएक गाउँ भरी फैलिन्छ ।

No description available.

हर्दाहेर्दै घरहरुमा आगो बलिरहेको छ । घरहरु जलिरहेका छन् । घरमा आगो लाग्यो बचाउँ बचाउँ भन्दै स्थानीयहरु कराईरहेका छन् । रोईरहेका छन् । एक स्थानीयले नेपाल प्रहरीलाई खबर गर्छन् ।

त्यसपछि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल सहित अग्नी नियन्त्रक टीम उक्त बस्तीमा जान्छन् । कोहीले घाईतेको उद्धार गर्छन्, पानी ल्याएर कोहीले आगो नियन्त्रण गर्छन् ।

आगोमा परी घाईते भएकाहरुको उद्धार गर्छन् । घाइतेहरुको एम्बुलेन्स मार्फत उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पुर्याईन्छ । गाउँमा लागेको आगो नियन्त्रणमा आउँछ । उद्धार टोलीले बचाएको समानहरु गाउँलेहरुलाई बुझाएर उद्धार टोली त्यहाँ बाट फर्किन्छ ।

No description available.

माथि उल्लेखित दृश्यहरु बास्तविक नभई काल्पनिक हुन् । शनिवार नेपाली सेनाको चन्दननाथ गण मालिका व्यारेकको आयोजनामा निकट भविष्यमा हुन सक्ने विपद् बाट बच्न र नियन्त्रण गर्न गरिएको पूर्व तयारीको दृश्य हो ।

नेपाली सेनाको चन्दननाथ गण मालिका व्यारेक जाजरकोटको आयोजनामा निकट भविष्यमा भेरी नदीमा वगेकाहरुको खोजतलास र उद्धार गर्नका लागि अभ्यास सम्पन्न गरेको छ । निमित्त गणपति सेनानी दिपेन्द्र कार्कीको कमाण्डमा ११० जना, जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्र.ना.उ सन्तोष निरौलाको कमाण्डमा १५ जना र शसस्त्र प्रहरी वल नेपाल आश्रित गुल्म जाजरकोटका प्र.ना.उ. नरेश भण्डारीको कमाण्डमा गएको १५ जनाको टोलीले पानीमा डुवेका र आगलागीमा परेका व्यक्तिहरुको उद्धार गर्न संयूक्त अभ्यास गरेको हो ।

No description available.

जिल्ला सुरक्षा व्यवस्थापन समितिको आयोजनामा उक्त अभ्यास कार्यक्रमको आयोजना गरिएको हो ।

यस्ता अभ्यासहरुले निकट भविष्यमा आउन सक्ने विपद्का घटनाहरुमा उद्धार तथा खोजतलास गर्न सहयोग पुग्ने नेपाली सेनाको चन्दननाथ गण मालिका व्यारेक जाजरकोटका निमित्त गणपति सेनानी दीपेन्द्र कार्कीले बताए । उनले भने, ‘भविष्यमा हुन सक्ने विपद्का घटनाहरुमा उद्धार तथा खोजतलास गर्न, अग्नी नियन्त्रण गर्न यस्ता अभ्यासले निकै टेवा पुर्याउँछ ।’

No description available.

जिल्ला सुरक्षा व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले विपद् नियन्त्रणमा यस्ता खालका अभ्यासले ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘सकभर विपद्का घटनाहरु नहोस्, यदि घटनाहरु भईहाले भने कसरी उद्धार गर्ने, आफु बचेर अरुलाई कसरी उद्धार गर्ने भन्ने कुराहरु यस्ता अभ्यास बाट सिकिन्छ ।’ यस्ता अभ्यासहरु निकै फलदायिक हुने समेत प्रजिअ शाहीले बताए । अभ्यास कार्यक्रममा स्थानीय, पत्रकार सहदेव बस्नेत लगायत सबैको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया