प्रेस चौतारीको कोषाध्यक्ष सहित १२५ बढीले गरे माओवादी प्रवेश

May be an image of 2 people, people standing, people sitting, people walking, outdoors and crowd
जाजरकोट । नेकपा एमाले निकट प्रेस चौतारी जाजरकोटका कोषाध्यक्ष जनक चन्द सहित १२५ जना भन्दा बढीले माओवादी प्रवेश गरेका छन् ।

नेकपा माओवादी केन्द्र कुशे गाउँ कमिटीले आयोजनामा गरेका विशाल जनसभामा १२५ भन्दा बढीले माओवादी प्रवेश गरेको प्रेस सेन्टर नेपाल जाजरकोटका कोषाध्यक्ष रमेश पौड्लले जानकारी दिए । नेपाली काँग्रेस र नेकपा एमाले परित्याग गरी उनीहरुले माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

May be an image of 1 person, standing, crowd and outdoors

जनसभालाई सम्बोधन गर्ने पर्वू गृहमन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य शक्तिबहादुर बस्नेत कुशे पुगेका थिए । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रखर वक्ता रामदीप आचार्य, गगनबहादुर खड्का ( जीवन) को उपस्थिती रहेको थियो ।

May be an image of 4 people, people standing and outdoors

जस्तो निती उसैको नेतृत्व भन्दै कुशेका अधिकांशले माओवादी रोजेका छन् । आगामी स्थानीय तहको चुनावमा माओवादीले जित्नु आजको आवश्यकता भएको समेत बताएका छन् ।

May be an image of 7 people, people standing and people sitting

तपाईको प्रतिक्रिया