शान्ति, सुरक्षा कायममा प्रमुख भुमिका रहन्छ : डिएसपी निरौला

No description available.
जाजरकोट । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख ( डिएसपी) सन्तोष निरौलाले जिल्लाको शान्ति, सुरक्षा र सुशासन कायममा प्रमुख भुमिका रहने बताएका छन् ।

शुक्रबार ( आज) जिल्ला स्थित क्रियाशिल पत्रकारहरु सँग परिचयात्मक कार्यक्रममा निरौलाले यस्तो बताएका हुन् । उनले भने, ‘यहाँ शान्ति, सुरक्षा र सुशासन कायममा मेरो प्रमुख भुमिका रहनेछ ।’

कानुन सम्वत कुनै कसुर बाँकी नरहने गरी काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । पत्रकारहरुले जिल्लाका विभिन्न सवालहरुका विषयमा डिएसपी निरौलालाई जानकारी गराएका थिए ।

सवारी साधन चेकचाँज, मनपरी भाडा, जातीय विभेद, छाउपढी प्रथा, लागु औषध दुव्र्यसन, अफिम खेती, वन्यजन्तुको चोरी निकासी लगायतका सवालहरु पत्रकारहरुले उठाएका थिए ।

पत्रकारहरुले उठाएका सवालहरुको जवाफ दिदै निरौलाले भने, ‘यी समस्याहरुका लागि हामी नियमित खटिनेछौ, यहाँहरुको पनि हामीलाई अत्यन्तै खाँचो छ ।’

तपाईको प्रतिक्रिया