
खलंगा । पर्यावरणीय कृषि उत्पादन अभ्यास सम्बन्धि समुदाय तहको संवाद कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय कृषक समुह महासंघ नेपाल जिल्ला कार्यसमिति जाजरकोटको आयोजनामा पर्यावरणीय कृषि उत्पादन अभ्यास सम्बन्धि समुदाय तहको संवाद कार्यक्रम सम्पन्न भएको हो ।
अर्गानिक खानेकुरा, समुदाय तहमा परामर्श गरी कथा संकलन गर्ने, अर्गानिक उत्पादनमा जोड दिने विषयमा छलफल भएको राष्ट्रिय कृषक समुह महासंघ नेपाल जिल्ला कार्यसमिति जाजरकोटका अध्यक्ष पदमराज विश्वकर्माले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले आफु सधैं किसानहरुको साथमा रहेको बताए ।
‘म जहिले पनि किसानको साथमा छु, हाम्रो तह बाट के गर्नुपर्छ हामी तयार छौं’ उनले भने, ‘अव हामीले अर्गानिक खानपिनमा जोड दिनुपर्छ ।’
संवाद कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका प्रतिनिधी, किसान, जनप्रतिधी, पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।
















































। १६ चैत्र २०७८, बुधबार