
चिनियाँ नागरिकहरु पैसा कहाँ राख्ने भन्ने विषयमा चिन्तित भएका पाइएको छ । कतिपय चिनियाँले पैसा राख्नको लागि सिंगापुर सुरक्षित रहेको पनि बताउने गरेका छन् । २०१९ मा भएको विरोधले हङकङको अर्थतन्त्र अवरुद्ध भएपछि भनी चिनियाँहरुले आफ्नो सम्पत्ति राख्नका लागि वैकल्पिक ठाउँको खोजि गरिरहेका छन् ।
यसका लागि धेरैले सिंगापुर आकर्षक भएको बताएका छन् । सिंगापुरमा ठूलो समुदाय मन्डारियन चिनियाँ भाषा बोल्ने रहेका छन् भने सम्पत्तिमा कर पनि लाग्दैन । गत वर्ष शिक्षा क्षेत्रमा बेइजिङको अचानक आक्रमणपछि र साझा समृद्धिमा जोड दिइएकाले यो अवस्था आएको हो । चीनले सवै नागरिकमाथि सम्पत्तिको कुरा उठाउँदै आएको छ । सिंगापुरमा रहेका फर्महरुको अनुसार धनी चिनियाँहरुलाई सम्पत्ति पारिवारिक कार्यालय संरचनाका माध्यमबाट सार्न सहयोग गरिने सीएनबीसीको अन्तरवार्तामा बताएका छन् ।
पारिवारिक कार्यालय एक निजी रुपमा संचालन गरिने कम्पनी हो । यसले धनी परिवारका लागि लगानी र सम्पत्ति व्यवस्थापन संचालन गर्छ । सिंगापुरमा पारिवारिक कार्यालयको स्थापनाका लागि ५० लाख डलरको सम्पत्ति आवश्यक पर्छ । विगत १२ महिनाको अवधिमा सिंगापुरमा पारिवारिक कार्यालय राख्नका लागि भएको सोधपुछ दोब्बर भएको पाँच वर्षे पुरानो एकाउन्टिङ र कर्पोरेट सेवा फर्मका संस्थापक आइरिस सुले बताइन् । धेरै जसो सोधपुछ चीनका मानिसबाट आउने गरेको छ ।
















































। १६ चैत्र २०७८, बुधबार