
रुसको युद्धबाट बच्न ४० लाखभन्दा बढी युक्रेनीहरूले अहिले देश छाडेका छन्। संयुक्त राष्ट्रसंघले बुधबार जारी गरेको तथ्यांकअनुसार तीमध्ये २३ लाखभन्दा बढी पोल्याण्ड पुगेका छन्।
युएनएचसिआर (संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सी)का अनुसार ४० लाख १९ हजार २ सय ८७ युक्रेनी गत फेब्रुअरी २४ को आक्रमणपश्चात् देशको सिमाना पार गरी भागेका हुन्।
फेब्रुअरी २४ देखि युक्रेनलाई घेराबन्दी गरेर आक्रमण थालेको रुसले युक्रेनका महत्वपूर्ण शहरमा आक्रमण गरेको छ। राजधानी किभसहित उसका रणनीतिक शहरमा रूसले घेराबन्दी गरेको छ।
यस अवधिमा युक्रेनका सयौँ सर्वसाधारणले ज्यान गुमाएका छन्। राजधानी किभसहित, मारियोपोल, खार्किभलगायत महत्त्वपूर्ण शहरमा रुसले शक्तिशाली बम खसालेको छ भने धेरै संरचना ध्वस्त पारेको छ।
















































। १६ चैत्र २०७८, बुधबार