बोलिभियामाथी ब्राजिलको फराकिलो जित

ब्राजिलको फराकिलो जित
काठमाडौं । फिफा विश्वकप छनोटमा बोलिभियामाथी ब्राजिलले फराकिलो जित निकालेको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिलले बोलिभियालाई ४–० गोल अन्तरले हराएको हो ।

ब्राजिललाई जित दिलाउन रिचार्लिसनले दुई गोल गरे । लुकास पाक्वेटा र ब्रुनो गुइमारेसले एक एक गोल थपे । खेलको २४ औं मिनेटमा लुकासले गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाएका थिए ।

४५ औं मिनेटमा रिचार्लिसनले गोल गर्दै टोलीको अग्रता २–० को बनाए । खेलको ६६ औं मिनेटमा ब्रुनोले गोल गरेपछि ब्राजिलको अग्रता तेब्बर बन्यो ।

त्यसपछि खेलको इन्जुरी समयमा रिचार्लिसनले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई ४–० को जित दिलाए । जितसँगै ब्राजिलले १७ खेलमा ४५ अंक जोडेको छ ।

ब्राजिल दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा रहेको छ । ब्राजिलले यस अघि नै विश्वकपमा स्थान पक्का गरिसकेको छ । बोलिभिया १५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

अर्को खेलमा पेरुले पाराग्वेलाई २–० ले हराएको छ ।

उरुग्वेले चिलीलाई २–० ले नै हराएको छ ।

कोलम्बियाले भेनेजुएलामाथि १–० को जित निकालेको छ ।
ब्राजिलले फराकिलो जित निकालेको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिलले बोलिभियालाई ४–० गोल अन्तरले हराएको हो ।

ब्राजिललाई जित दिलाउन रिचार्लिसनले दुई गोल गरे । लुकास पाक्वेटा र ब्रुनो गुइमारेसले एक एक गोल थपे । खेलको २४ औं मिनेटमा लुकासले गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाएका थिए ।

४५ औं मिनेटमा रिचार्लिसनले गोल गर्दै टोलीको अग्रता २–० को बनाए । खेलको ६६ औं मिनेटमा ब्रुनोले गोल गरेपछि ब्राजिलको अग्रता तेब्बर बन्यो ।

त्यसपछि खेलको इन्जुरी समयमा रिचार्लिसनले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई ४–० को जित दिलाए । जितसँगै ब्राजिलले १७ खेलमा ४५ अंक जोडेको छ ।

ब्राजिल दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा रहेको छ । ब्राजिलले यस अघि नै विश्वकपमा स्थान पक्का गरिसकेको छ । बोलिभिया १५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

अर्को खेलमा पेरुले पाराग्वेलाई २–० ले हराएको छ ।

उरुग्वेले चिलीलाई २–० ले नै हराएको छ ।

कोलम्बियाले भेनेजुएलामाथि १–० को जित निकालेको छ ।

तपाईको प्रतिक्रिया