फ्रान्सको दक्षिण अफ्रिकामाथि फराकिलो जित

केलियन एम्बापेको दुई गोलको सहयोगमा फ्रान्सले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फराकिलो जित निकालेको छ । मंगलबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको दक्षिण अफ्रिकामाथि ५–० को फराकिलो जित निकालेको हो ।

फ्रान्सको जितमा एम्बाप्पेले दुई गोल गरे । त्यस्तै ओलिभर जिरुड, विसाम विन यडर र माटियो गुइडोजीले समान एक गोल थपे । खेलको २३औं मिनेटमा एमबाप्पेको गोलबाट फ्रान्सले गोलले अग्रता बनायो । ३४औं मिनेटमा जिरुडले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे ।

७६औं मिनेटमा एम्बापेले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ३–० को अग्रता दिलाए । ८२औं मिनेटमा विसाम विन यडरले गोल गर्दै फ्रान्सलाई जिततर्फ लिए ।

८४औं मिनेटमा दक्षिण अफ्रिका १० खेलाडीमा समेटियो । खुलिसो मुडोउलाई रातो कार्ड खाँदै मैदान बाहिर । त्यसपछि इन्ज्युरी समय माटियो गुइडोजीले गोल गर्दै टोलीलाई ५–० गोलको फराकिलो जित दिलाए ।

तपाईको प्रतिक्रिया