
जाजरकोट । संस्कृति, पर्यटन तथा नागरिक उडड्डन मन्त्री प्रेमबहादुर आलेद्धारा जाजरकोटका यूवा व्यवसायी मिलन परियार सम्मानित भएका छन् ।
नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको दोस्रो साधारण सभामा मन्त्री आलेले व्यवसायी परियारलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
महासंघको उत्कृष्ठ जिल्ला अध्यक्षमा रुपमा परियारलाई सम्मान गरिएको नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघले जनाएको छ । विगत २० बर्ष देखि सिलाई कटाई व्यवसायी गरिरहेका मिलन एक सफल व्यापारीको रुपमा परिचित छन् । चैत्र ७ गते काठमाडौमा संगठनको दोस्रो साधारण सभा सम्पन्न भएको थियो ।

















































। १४ चैत्र २०७८, सोमबार