
काठमाडौं । निर्वाचन आयोगले आगमी वैशाख ३० मा हुने स्थानीय तहको चुनावमा साना दलहरूलाई पुरानै चुनाव चिह्न दिने भएको छ ।
आयोगको आइतबार बसेको बैठकले राष्ट्रिय मान्यता प्राप्त नगरेका दलहरूलाई यसअघिकै चुनाव चिह्न प्रदान गर्ने निर्णय गरेको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन् ।
उनका अनुसार आयोगमा दर्ता भएका राष्ट्रिय मान्यता प्राप्त बाहेकका अन्य ७३ दललाई आयोगबाट यसअघि प्रदान गरिसकिएको निर्वाचन चिह्न प्रदान गर्ने निर्णय भएको छ ।
















































। १४ चैत्र २०७८, सोमबार