
खलंगा । ईलका प्रहरी कार्यालय दल्लीले अवैध अफिम खेती नष्ट गरेको छ । नलगाड नगरपालिका ९ बसकोट, तात्रा गाउँमा अवैध रुपमा खेती गरिएको अवस्थाका अफिमका वोटाहरु नष्ट गरेको हो ।

मिती २०७८।१२।१३ गते आएको गोप्य सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय दल्ली बाट प्रहरी सहायक निरीक्षरक नरेन्द्र बहादुर रानामगरको कमाण्डमा २ जना, ईलका प्रहरी कार्यालय रग्दा बाट प्रहरी हवल्दार मान बहादुर केसीको कमाण्डमा ६ जना र अस्थायी प्रहरी पोष्ट मैदे बाट २ जना गरी जम्मा १० जनाको संयुक्त टोलीले उक्त अवैध रुपमा खेती गरिएको अफिमका बोटाहरु नष्ट गरेको जिल्ला प्रहरी कार्यलय जाजरकोटले जानकारी दिएको छ ।

















































। १४ चैत्र २०७८, सोमबार