जाजरकोटमा एक लाख तीन हजार ८५८ मतदाता कायम, कुन पालिकामा कति ?

जिल्लाभर ८५ मतदान स्थल र १४२ मतदान केन्द्र रहेका छन् ।

खलंगा । आगामी स्थानीय तहको निर्वाचनका लागि जाजरकोटमा एक लाख भन्दा बढि मतदाता कायम भएका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा १ लाख ३ हजार ८ सय ६९ जना मतदाता कायम भएका छन् । जसमा महिला मतदाताको संख्या ४९ हजार ९ रहेको छ भने पुरुष मतदाताको संख्या ५४ हजार ८ सय ५८ रहेको छ ।

७७ वडा रहेको जिल्लामा ८५ मतदान स्थल छन् भने १ सय ४२ मतदान केन्द्र कायम गरिएको छ ।

जिल्लाको भेरी नगरपालिकामा सबैभन्दा बढी मतदाता छन् । भेरीमा २२ हजार २ सय ४९ मतदाता छन् । जसमा महिला १० हजार ७ सय ६९ रहेका छन् भने पुरुष ११ हजार ७ सय ७९ र अन्य १ रहेका छन् । १३ वटा वडा रहेको यस नगरपालिकामा १३ वटा मतदान स्थल र २८ वटा मतदान केन्द्र रहेका छन् ।

जिल्लाको छेडागाड नगरपालिकामा २० हजार ४ सय ६१ मतदाता रहेका छन् । जस अन्र्तगत महिला ९ हजार ५ सय ९० र पुरुष १० हजार ८ सय ७० अन्य १ रहेको छ । १३ वटा वडा रहेको यस नगरपालिकामा १६ वटा मतदान स्थल र २७ वटा मतदान केन्द्र रहेका छन् ।
यस्तै, नलगाड नगरपालिकामा कुल मतदाताको संख्या १६ हजार ५ सय ४ रहेको छ । जसमा महिला ७ हजार ७ सय ८० रहेको छ भने पुरुष ८ हजार ७ सय २४ रहेको छ । १३ वटा वडा रहेको यस नगरपालिकामा १५ वटा मतदान स्थल रहेका छन् भने २२ वटा मतदान केन्द्र रहेका छन् ।

कुशे गाउँपालिकामा कुल मतदाताको संख्या १२ हजार ४२ रहेको छ । जसअन्र्तगत महिला ५ हजार ५ सय १८ र पुरुष ६ हजार ५ सय २४ रहेका छन् । ९ वटा वडा रहेको यस गाउँपालिकामा १० वटा मतदान स्थल र १७ वटा मतदान केन्द्र रहेका छन् ।

जुनीचाँदे गाउँपालिकामा कुल मतदाताको संख्या १२ हजार १ सय ५१ रहेको छ । जसमा महिला ५ हजार छ सय ९ र पुरुष ६ हजार ५ सय ४२ रहेको छ । ११ वटा वडा रहेको यस गाउँपालिकामा १२ वटा मतदान स्थल र १८ वटा मतदान केन्द्र रहेका छन् ।

बारेकोट गाउँपालिकामा कुल मतदाताको संख्या ११ हजार १ सय ५० रहेको छ । जसअन्र्तगत महिला ५ हजार ३ सय २१ र पुरुष ५ हजार ८ सय २९ रहेका छन् । ९ वटा वडा रहेको यस गाउँपालिकामा १० वटा मतदान स्थल र १५ वटा मतदान केन्द्र रहेका छन् ।

यस्तै जिल्लाको सबैभन्दा कम मतदाता संख्या रहेको शिवालय गाउँपालिकामा ९ हजार ३ सय १२ मतदाता रहेका छन् । जसमा महिला ४ हजार ४ सय २२ रहेका छन् भने परुष ४ हजार ८ सय ९० रहेका छन् । ९ वटा वडा रहेको यस गाउँपालिकामा ९ वटा मतदान स्थल र १५ वटा मतदान केन्द्र रहेका छन् ।

No description available.

तपाईको प्रतिक्रिया