खलंगा बजारमा अनुगमन

No description available.
खलंगा । सदरमुकाम खलंगामा बजार अनुगमन गरिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटको सक्रियतामा खलंगा बजार भित्रका १५ वटा पसलहरुको आईतबार अनुगमन गरिएको हो ।

नागरिकको खाद्य सुरक्षामा टेवा पु¥याउनका लागि बजार अनुगमन गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटका प्रमुख मानबहादुर खत्रीले बताए ।

अनुगमनका क्रममा पसल दर्ता, नवीकरण गरेको वा नगरेको, म्याद गुज्रेका समान नष्ट गरिएकोे उनको भनाई छ । गैरीखाली र शान्तिचौरमा रहेका पसलहरुको संयूक्त अनुगमन गरिएको हो ।

मल्ल होटलमा रहेको ४०० ग्रामको खुशीभुजा २२ पिस, ईशा एग्रो सेन्टर बाट अक्सीटेष्टा १९५ पत्ता बरामद गरी नष्ट गरिएको छ ।

अनुगमनमा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख मानबहादुर खत्री, पवन शर्मा, शेरबहादुर चन्द, भेरी नगरपालिकामा कार्यरत अधिकृत सुधा हमाल,कृषि विकास कार्यालय जाजरकोटका सूचना अधिकारी टोपेन्द्र विश्वकर्मा सहित अन्य सरोकारवाला व्यक्तिहरुको उपस्थिति थियो । बजार अनुगमनमा पहिलेको भन्दा अहिले सुधार भएको समेत पाईएको छ ।

अनुगमन किन ?
ऐनको दफा ३०, ३१ र ३२ ले बजार अनुगमन किन गर्ने भन्ने व्याख्या गरेको छ । कसैले अनुचित व्यापारिक क्रियाकलाप, बजारमा एकाधिकार, वस्तु वा सेवाको मूल्य वा आपूर्ति व्यवस्थालाई प्रभावित पार्ने काम, कमसल वस्तुको उत्पादन वा बिक्री वितरण गरिरहेको जस्तो अवस्था पाईने अनुगमन जरुरी हुने ऐनमा उल्लेख छ ।

ऐनअनुसार बजार निगरानी गर्ने निकाय मार्फत सूचना आएमा मन्त्रालय वा विभागले सो सम्बन्धमा तत्काल आवश्यक जाँचबुझ वा निरीक्षण गर्न गराउन सक्छन् ।

उपदफा ३ ले जाँचबुझ वा निरीक्षणबाट दोषी देखिएका उत्पादक, डिलर, एजेण्ट, बिक्रेता, व्यक्ति वा संस्थालाई यस ऐन वा प्रचलित कानून बमोजिम कारबाही गर्ने व्यवस्था गरेको छ । यस्तै दफा ३१ ले आकस्मिक निरीक्षण गर्न सक्ने व्यवस्थामा उपभोक्ताको हक, हित संरक्षणका लागि बजारको आकस्मिक निरीक्षण गर्न सक्ने उल्लेख गरेको छ ।

ऐनको परिच्छेद ४ ले निषेधित कामहरु भने व्यवसायी वा व्यापारीले के गर्न हुँदैन भन्ने उल्लेख गरेको छ । ऐनले निषेधित गरेको काम गरे अनुगमनमार्फत जुनसुकै बेला कारबाही गर्न सकिने उल्लेख छ ।

तपाईको प्रतिक्रिया