आठ वटा टोल विकास समितिको संयूक्त साधारण सभा

No description available.
खलंगा । भेरी नगरपालिका वडा नं ३ मा सञ्चालित आठ वटा टोल विकास समितिको संयूक्त साधारण सभा सम्पन्न भएको छ ।

शनिवार ठाँटी बजार स्थित वृद्धाआश्रममा वडा भित्रका आठ वटा समितिहरुको संयूक्त साधारण सभा सम्पन्न भएको हो । भेरी नगरपालिकाको आर्थिक सहयोग र सहकर्मी समाजको समन्वयमा सामुदायिक सुशासन सवलिकरणका लागि टोल विकास संस्था परिचालन कार्यक्रम अन्तर्गत उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

उक्त कार्यक्रमको प्रमुख अतिथि भेरी नगरपालिका उपप्रमुख भावना भन्डारी भण्डारी, विशेष अतिथि वडा अध्यक्ष लिलावहादुर शाहले गरेका थिए । सभाको अध्यक्ष जन एकता मुल समितिकी उपाध्यक्ष कमला केसीले गरेकी थिईन् ।

No description available.

कार्यक्रममा सबै समुहले आफ्नो प्रतिबेदन सुनाएका थिए । टोलविकास समितिले विना पैसा पनि थुप्रै कामहरु गर्ने रहेछ अव विकास निर्माणका काम पनि टोलबिकास बाट नै गर्नु पर्छ भन्ने भनाई सहभागिहरुले राखेका थिए । टोलविकास संस्थाहरुले थुप्रै कामहरु जन श्रमदान गरेर निर्माण गरेका छन् ।

तपाईको प्रतिक्रिया