
जाजरकोट । जिल्लाको कुशे गाउँपालिका वडा नम्बर १ लाई बालमैत्री वडा घोषणा गरिएको छ । शनिवार एक कार्यक्रमका बीच उक्त वडालाई बालमैत्री वडाका रूपमा घोषणा गरिएको हो ।
बालमैत्री स्थानीय शासनका आधारभूत सूचकहरु पूरा गरी वडालाई बालमैत्री वडा घोषणा गरिएको वडाध्यक्ष गोपालबहादुर नेपालीले जानकारी दिए । बालमैत्री वडा घोषणा गर्नका लागि केही मापदण्डहरु पूरा गर्नुपर्ने हुन्छ ।
बालबालिका मैत्री वडा हुन् बालबालिकाको क्षेत्रमा बजेट विनियोजन, शतप्रतिशत बालबालिका विद्यालय भर्ना, सबै विद्यालयमा छात्रछात्रामैत्री शौचालय, सबै बालबालिकालाई पूर्ण खोप, सबै घरमा शौचालय, सबै बालबालिकाको जन्मदर्तालगायतका न्यूनतम मापदण्ड पूरा गर्नुपर्ने प्रावधान छ ।
बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिअनुसार स्थानीय तहलाई बालमैत्री गराउनका लागि ५१ वटा सूचक पूरा गर्नुपर्ने उल्लेख छ ।

अभियानमा महत्वपूर्ण सहयोग गरेको भन्दै पहाडी क्षेत्र विकास अभियान जाजरकोट, सेभ द चिल्ड्रेन, नेपाल पत्रकार महासंघ, गाउँपालिका, विद्यालय तथा बाल सञ्जाल लगायतलाई सम्मान गरिएको थियो ।

बालश्रम मुक्त वडा समेत घोषणा गरिएको छ । पहाडी क्षेत्र विकास अभियान जाजरकोट र सेभ द चिल्डे«ले सहजीकरण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सभा सदस्य कौशिलावती खत्रीले कर्णाली दोस्रो बालमैत्री वडाको घोषणा गर्नु निकै सरहानीय कार्य भएको बताईन् ।
उनले भनिन्, ‘कर्णालीकै दुर्गम गाउँपालिकाको वडा दोस्रो बालमैत्री वडाको रुपमा घोषणा हुनु गर्वको विषय हो ।’ घोषणा कागजमा मात्र सीमित नभई आम बालबालिकाको पक्षमा हुने छ भन्दै शुभकामना व्यक्त गरिन् ।
















































। १३ चैत्र २०७८, आईतवार