यी हुन् जाजरकोटका सात स्थानीय तहका निर्वाचन अधिकृत (नामावलीसहित)

खलंगा । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ । आयोगले ६७६ निर्वाचन अधिकृत नियुक्त गरेको हो ।

२०७९ वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत स्तरका कर्मचारीलाई मिति २०७८ चैत २९ देखि लागु हुनेगरी निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगले जनाएको छ ।

यस्तै, जाजरकोटका सात वटै स्थानीय तहको निर्वाचन अधिकृतमा भेरी नगरपालिकामा यज्ञप्रसाद आचार्य, छेडागाड नगरपालिकामा रञ्जना पौडेल, नलगाड नगरपालिकामा उमाकान्त पौडेल नियुक्त भएका छन् ।

यस्तै, कुशे गाउँपालिकामा दिपा हमाल, जुनीचाँदे गाउँपालिकामा जागुराम चौधरी, बारेकोट गाउँपालिकामा दशरथ बुढा, शिवालय गाउँपालिकामा रामप्रसाद पौडेललाई स्थानीय तहको निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ ।

हेर्नुहोस् (नामावलीसहित)

No description available.

No description available.

तपाईको प्रतिक्रिया