म्यादी प्रहरीका लागि जाजरकोटमा २ हजार ५६ जनाको आवेदन


जाजरकोट । आसन्न स्थानीय तह निर्वाचनका लागि जाजरकोटमा ७ सय ८४ म्यादी प्रहरी आवश्यक रहेकोमा २ हजार ५६ जनाले आवेदन दिएका छन् । चैत्र ६ गते देखि ११ गते शुक्रबार सम्म म्यादी प्रहरीका लागि आवेदन समय तोकिएको थियो ।

जसअन्तर्गत शुक्रबार अन्तिम दिन सम्म २ हजार ५६ जनाले आवेदन गरेका हुन् । आवेदन दिएका हरुलाई चैत्र १३ सम्पर्कमा आउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

म्यादी प्रहरीका लागि आवेदन दर्ता शाखामा कार्यरत प्रहरी जवान शेरजंग चन्दका अनुसार १३ गते परीक्षाको मिति तोकिने छ ।

परीक्षा १५ र १६ गते दुई दिन गरिने छ । अन्तिम नतिजा प्रकाशन चैत्र २२ गते प्रकाशन हुने जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

तपाईको प्रतिक्रिया