इजाजत प्राप्त हातहतियार चैत्र मसान्तभित्र बुझाउन प्रशासनको अल्टिमेटम


जाजरकोट । इजाजत प्राप्त हात हतियार चैत्र मसान्त भित्र बुझाउन जिल्ला प्रशासन कार्यालय जाजरकोटले अल्टिमेटम दिएको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा शान्त, भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यका साथ  जिल्लाका नागरिकलाई इजाजत प्राप्त सबै हात हतियार बुझाउन प्रशासनले निर्देशन दिएको प्रशासकीय अधिकृत झलक केसीले बताए ।

शुक्रबार प्रशासनले एक सूचना जारी गर्दै चैत्र मसान्त भित्र आआफ्नो नजिकको प्रहरी कार्यालय वा प्रशासनमा हातहतियार बुझाउन सार्वजनिक रूपमा सूचना जारी गरेको अधिकृत केसीको भनाई छ । यदि बुझाएमा हातहतियार प्रहरी कार्यालयमा सुरक्षित ढंगले राखिने र निर्वाचन कार्य सम्पन्न भए पश्चात् सम्बन्धित व्यक्ति लाई नै बुझाउने उनको भनाई छ ।

निर्धारित समयभित्र नबुझाएमा अटेर गरी बसेको पाइएमा त्यस्ता व्यक्तिको हातहतियार खोजतलास गरी कानुन बमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिइएको छ ।

May be an image of text that says 'फोन नेपाल सरकार गृह मन्त्रालय जिल्ला प्रशासन कार्यालय ०5९-४३०१३३ ०5९-४३०१३० Email: jajarkotdao62@gmail.com जाजरकोट webstewww.dajarko.moha.go.p (स्थानिय प्रशासन तथा शान्ति सुरक्षा शाखा) प.सं. २०७६ ७९ च.नं.2と63 मिति २०७६।१२1१૧ सूचना। सूचना प्रस्तुत सन्दर्भमा मिति २०७९ साल बैशाख ३० गतेका दिन हुने स्थानीय तह सदस्य निर्वाचनलाई मध्यनजर राखी निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र विश्वसनीय तवरवाट सम्पन्न गर्नका लागि यस जाजरकोट जिल्लाभित्र ईजाजत लिई राखिएका विभित्न प्रकारका हात हतियारहरु निर्वाचन सम्पन्न भए पश्वात फिर्ता पाउने गरी नजिकैको प्रहरी ईकाइहरु मार्फत जिल्ला प्रहरी चैत्र मसान्त भित्र बुझाउनु हुन सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकासित गरिएको व्यहोरा आदेशानुसार अनुरोध छ Groesta पल92191 झलेक के.सी. प्रशासकीय अधिकृत'

तपाईको प्रतिक्रिया