दैलेखमा स्थानीय तहको चुनावमा माओवादी केन्द्रको उत्साहजनक जीत हुन्छ : नेता सुनार


जाजरकोट । आगामी वैशाख ३० हुने स्थानीय तहको चुनावमा दैलेखमा नेकपा ( माओवादी केन्द्र) को उत्साहजनक जीत हुने प्रदेश कमिटी सदस्य चक्र सुनारले दावी गरेका छन् ।

हाम्रो पहुँच डटकम सँग कुराकानी गर्दै नेता सुनारले दैलेख माओवादी केन्द्रको लालकिल्ला समेत भएको बताए ।

उनले भने, ‘दैलेख जिल्लामा माओवादी केन्द्र पहिलो शक्ति हुन्छ, दुल्लु नगरका सम्पूर्ण वडामा माओवादी केन्द्रको उत्साहजनक जित हुन्छ ।’

दुल्लु नगर कमिटी ईन्चार्ज समेत रहेका सुनारले माओवादी केन्द्रले देशमा गरेका परिवर्तन जनताको विचमा प्रस्ट पार्न नेता कार्यकर्तालाई आग्रह समेत गरे ।

तपाईको प्रतिक्रिया