वाइसिएल बारेकोटको कमिटी गठन, अध्यक्षमा शाही

No description available.
बारेकोट । नेकपा (माओवादी केन्द्र) निकट यूवा संगठन वाइसिएल बारेकोटको गाउँ कमिटी गठन गरिएको छ । बुधबार गाउँपालिका स्तरीय योङ्ग कम्युनिस्ट लिग नेपाल (वाइसिएल) को कमिटी निर्माण गरिएको हो ।

जसअन्र्गत अध्यक्षमा विनोद शाही, सचिवमा देवराज बोहरा, कोषध्यक्ष अनिता बोहरा, उपाध्यक्ष दिपेन्द्र गौतम, जयराम महतारा, दलबहादुर विक, सह सचिवमा अविशेक सिंह, राजु विक, कर्णबहादुर गिरीलाई चयन गरिएको वाईसिएल जाजरकोटका संयोजक लोकेन्द्र जंग रानाले जानकारी दिए ।

No description available.

६५ सदस्सीय गाउँ कमिटी गठन गरिएको छ । स्थानीय तहको चुनावमा पार्टीका सम्पूर्ण जनवर्गिय संगठनहरु एक भएर जाजरकोटमा अव पहिलो नम्बरमा पार्टी बनाउनुपर्ने वेला आएको संयोजक रानाले बताए ।

तपाईको प्रतिक्रिया