
आधुनिकता दलित मुक्ति र स्वतन्त्रताको प्रतिक हो । जुन अहिले सम्मका शासकहरुले स्वीकार गर्न सकेका थिएनन् । १९ औं शताब्दीको अन्त्यतिर सरल पश्चिमेली जीवनशैली आधुनिकताको प्रभावले जटिलतिर प्रवेश गरेयता, मानवीय सम्बन्ध र परिचय अन्यौलपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । तत्कालिन समय ( १८८०–१९४०) माआएको दार्शनिक, वैज्ञानिक, राजनीतिक लगायतअन्य क्षेत्रको क्रान्तिकारी परिवर्तित अवस्था नै वास्तवमा आधुनिकता थियो । जीवन खण्डहरुमा टुक्रिँदै आयो ‘रेल’तथा हवाईजहाजले भौगोलिक सीमा धमिल्याए र सत्यकै सत्यता माथि प्रश्न उठ्न थाल्यो । आज २१ औं शताब्दी सम्मआईपुग्दा । नित्सेको ‘द देथ अफ गड’अर्थात भगवानको मत्यु थेसिसले गोरा एकल मान्यतालाई अस्वीकार गरी सिमान्तकृत अस्तित्वलाई जोड दियो ।
अथवा ‘सत्य शासक’पूर्वनिर्धारित मान्यता नभई निर्माणको निरन्तर प्रक्रियामा रहने तथ्यलाई प्रस्ट पार्यो । जसको प्रभावका कारण नेपालले पनि आधुनिकताको जटिल र चुनौतीपूर्ण अवस्था सित आफुलाई एकाकार गर्न खोजिरहेछ । र विशेषत ः नयाँ पुस्ताका दलित यूवा वर्गमा यसको विशेष प्रभाव परेको देखिदैं छ । यस संवेदनशील अवस्थाले मुक्ति र स्वतन्त्रता दिएको दलित यूवाको बुझाई छ । किनकी आज सम्म सरकार राज्य र संविधानले दिन नसकेको मुक्ति र स्वतन्त्रता एक हदसम्म आधुकिताले दिएको छ ।
नेपालको परिप्रेक्ष्यमा परम्परागत अभ्यास र सोचलाई प्रभावशाली रुपमा परिवर्तन २०६२÷०६३ सालको जनआन्दोलनको भुमिकालाई लिनुपर्ने हुन्छ । किनकि घटनाले बाह्रमण्वादी केन्द्रीयतामा आधारित राज्य व्यवस्थालाई झुटो सावित गर्ने भुमिका खेलेको छ । यो आन्दोलन कम्तीमा बाह्रमण्वादको किलो हल्लाउन सम्म सफल भएको छ । त्यसअघि सम्म दलित भई जन्मनु ईश्वरको इच्छा, यो पूर्वजन्मको कर्मको परिणाम भनेर प्रशिक्षित गरिन्थ्यो । कला र सीपमा आधारित दलित चेतनालाई सधैं त्रास र कमजोर मानसिकता माथुनिन बाध्य बनाईयो ।
तर यस विशेष घटनाक्रमले पछिल्ला पुस्ताका दलित यूवा नयाँ सांस्कृतिक र व्यावहारिक परिवर्तन ल्याएको छ । यसले उनीहरुमा दरिलो आत्मविश्वास साथ म र जगत बुझ्ने र समायोजन हुने ग्लोवल धारण र अभ्यासको विकास गरेको छ । तर्सथ, आधुनिकता,दलितमुक्ति, र स्वतन्त्रताको प्रतिकहो, जुन अहिले सम्मका श्रीपेचधारी राजाहरुले स्वीकार गर्न सकेका थिएनन् । आधुनिकता कसरी दलित मुक्तिको सूचक हो ? दलितयूवाको बढ्दो वैदेशिक रोजगार वैदेशिक रोजगारको व्यापकताले दलित यूवालाई परम्परागत बालीघरे अभ्यासबाट छुटकार दिएको छ । अव दलित जीविकोपार्जनको स्रोत सीमित बालीघरे अभ्यास मात्र बन्न पुगेको छ ।
पिटर चाईल्ड्स ( १९६२) आफ् नो पुस्तक न्यू क्रिटिकल इडियममा माक्र्सलाई उद्धत गर्दै भन्छन्, आधुनिक साहित्य यूरोपेली संयूक्त परिवारको विघटन बाट जन्मन्छन् । यसको सरल अर्थ हुन्छ , आधुनिकता जीवनका खण्डहरुमा विभाजित छ । जसलाई सरल एकरुपमा देखाउन साहित्य असमर्थ छ ।
अर्काे शब्दमाभन्दा अखण्ड जीवितपनि छैन् । मानवीय सम्बन्धमालाई एकातर्फ अलग बनाए पनि अर्का तर्फ यही अलग्गिएको समुह विश्वव्यापी रुपमा फरक चिनारी सहित विकसित हुदैछ, विशेषगरी दलित यूवा वर्ग । पुँजीवादको चुनौतीलाई सामना गर्न आजका दलित यूवाले आफुलाई विश्वका विभिन्न श्रमबजार पुर्याईरहेका छन् । उनीहरु यी बजारमा नयाँ संस्कृतिस् साक्षात्कार गरिरहेका छन् । फरक अनुभव बटुलिरहेको छन् । यसले उनीहरुलाई उनीहरु जन्मेको हुर्केको ठाउँ भन्दा वृहत संसार पनि छ भन्ने प्रत्यक्ष अनुभव गराईरहेको छ ।
यसले उनीहरुलाई भौतिक र व्यावहारिक रुपमा छुवाछुतको अभ्यासबाट टाढा त राख्यो नै, साथसाथै मानसिक रुपमा छुवाछुत विरुद्ध लड्न बलियो पनिबनायो । यो सांस्कृतिक अन्तर्घुलनबाट नयाँदलित परिवेश बन्दैछ । उनीहरु आफ्नो इतिहासलाई ग्लोबल सन्दर्भमा बाट गर्दैछन् । आफ्नो जीवनलाई विविधअन्य सांस्कृतिक मान्यताअनुरुप परिभाषित गर्न खोजिरहेका छन् । अझभन्दै उनीहरु जीवनलाई विश्वस्तरको गति अनुरुप समायोजन गर्न खोजिरहेका छन् ।
जुनअहिले समयको अत्यावश्यक माग हो । पुँजी प्राप्ती आधुनिकताको भीषण खाडललाई पुर्ने महत्वपूर्ण स्रोत हो, जसको अभ्यास दलित वैदेशिक रोजगारले दलित यूवालाई भौतिक र व्यावहारिक रुपमा छुवाछुतको अभ्यास बाट टाढा त राख्यो नै मानसिक रुपमा छुवाछुतविरुद्ध लड्न बलियो पनि बनायो बुझाईलाई ग्लोबल धारणामा विकसित गर्दैछ ।
दलित समस्या छुवाछुतमा मात्र सीमित नहुनु छुवाछुत अझै पनि समस्याकै रुपमा छ । तथा्पि त्यति सोह्रौ शक्तिशाली भने छैन् । अहिलेको दलित समस्या आर्थिक समानता, राजनीतिक प्रतिनिधित्व, समावेशिता, उच्चशिक्षा आवास जस्ता समस्या छुवाछुत भन्दा अझै बढी डरलाग्दा छन् । जसको प्राप्तिका लागि दलित यूवा लापिरहेका छन् ।
जसलाई आज‘म धारामा छोइन्छ कि’भन्ने डर भन्दा मेरो राजनीतिक, शैक्षिकस्तर अरु मिल्छ किन मिल्दैन्, भन्नेमा छ ।त्यसैले छुवाछुतविरुद्ध लड्ने तर्फ भन्दा पनि पुँजी उत्पादनमा आजका दलितको झुकाव बढी देखिन्छ, जुन अकाट्य तथ्य हो ।
छुवाछुतको सवाल केही समयअघि लामोसमय सम्म जरो गाडेको भयावह अपराध थियो, जसलाई निकाल्न झन्डै असम्भव नै मानिन्थ्यो ।
छुवाछुतविरुद्ध कानुन नबनाइएको पनि हैन, तर के ती कानुनले सेते दमाईको हत्या रोक्न सक्यो । यद्यपी हत्यारा जेलचलान त भयो तर उ अझै पनि म ठकुरी हुँ र त्यो दमाई हो भन्ने मानसिकतामा छ । तसर्थ, छुवाछुत गहिरोसँग गाडिएको मानसिक समस्याहो, जुन पछिल्लो समय निकै कमजोर हुदै आएको देखिन्छ । वास्तवमा छुवाछुत कुप्रथा मौलाउनुको कारण दुई तीन दशकअघिका दलित पूर्वजलाई यसप्रकारले प्रोगाण्ड गरियो कि आफ्नो शरीर अछुत हो भन्नेबाहेक उनीहरुले अरु केही सोच्नै सकेनन् ।
तत्कालिन परिस्थितिमा दलितहरुले त्यसविरुद्ध आवाज उठाउन सहज थिएन् । जसको फाईदा निरन्तर रुपमा पीडकले लिईरहे । तर आजत्यो अवस्था ज्यू का त्युँ छैन् किनकित्यो छुवाछुतको हाउगुजीमा खास दम छैन भन्ने दलित समुदायमै परेको छ । यस प्रकारले अवस्थालाई मनोवैज्ञानिक पेभ्लोभको भाषामा, कन्डिसनिङ लर्निङ अर्थात अनुबन्धित सिकाई भनिन्छ । र त्यो हाउगुजीको कन्डिसनिङ आज उदागो भएको छ । हाम्रो समाजमा जति पनि छुवाछुतजन्य भाष्य र गतिविधी छन् ती सबै कमजोर हाउगुजीमात्रहुन् ।
भन्ने विश्वासमा दलित समुदाय पुगिसक्यो । त्यो हाउगुर्जीपुनर्वलको अभावमा कमजोर भएको हो । त्यसरी कमजोर हुनुमा दलित चेतले हाउगुजीको यर्थाथ छुट्याउन सक्नु हो आजको समय तँ दलित होस्, पानी छुन हुन्न जस्ता भाष्यमा कुनै तसर्थ दलित समस्या छुत ÷अछुत भन्दा पनि यूगको गति समात्ने प्रयत्नमा बढी केन्द्रित देखिन्छ ।
त्यसकारण यो निष्कर्षमा पुग्नु स्वभाविक होला कि आधुनिकताको जटिल परिस्थिति र विशेष गरी ०६२÷०६३ को जनआन्दोलन पश्चात सबै खालका ग्राण्ड नेरेटिभ वा राष्ट्रिय मान्यताले दलित चेतनमा बाधा पुर्याउन सक्दैन् ।विश्वस्तरको रफ्तारमा आजको दलित पाइला, सोच, व्यवहार, एकाकार हुन खोजिरहेको छ । र यस वस्तुगत माग र वितरणको सम्बन्धलाई नकारेर पुरानै ढाँचामा दलित समस्या कोट्याउनु तर कार्यान्वयन नगर्नु र यस परिवर्तन माथि आलोचना मात्र गर्नु भनेको बासी इस्यू मा स्वार्थको राजनीति गर्नु मात्र हुन जान्छ ।
#कर्णाली जनविचार#
















































। १० चैत्र २०७८, बिहीबार